धादिङका १३ स्थानीय तहले ल्याए १० अर्ब बढीको बजेट

धादिङका १३ स्थानीय तहले ल्याए १० अर्ब बढीको बजेट

धादिङ  : धादिङका १३ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका छन्। बजेटमा धेरैजसो स्थानीय तहले कृषि र स्वास्थ्य क्षेत्रमा केन्द्रित गरेका छन्।

नीलकण्ठ नगरको १ अर्ब २२ करोड
नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्ब २२ करोड ९३ लाख ५ हजार रुपैयाँको बजेट ल्याएको छ।

बजेट विवरणअनुसार चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार र पुँजीगत खर्चतर्फ ३५ करोड ६५ लाख ५२ हजार विनियोजन गरिएको छ।

बजेटसँगै नगरपालिकाले दीर्घकालीन रणनीतिक योजना, सार्वजनिक–निजी साझेदारी (एएए), डिजिटल सेवा विस्तार र सुशासन प्रवर्द्धनका कार्यक्रमहरू पनि अघि सारेको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए।

धुनीबेंसी नगरको ९५ करोड
संघीय राजधानीसँग जोडिएको पालिका धुनीबेंसी नगरपालिकाले ९५ करोड ५६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ। मेयर बालकृष्ण आचार्यका अनुसार बजेटमा कृषि उत्पादन तथा पशुपालन, पर्यटन प्रबद्र्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनालाई महत्व दिइएको छ।

बेनीघाट रोराङ ९३ करोड
बेनीघाट रोराङ गाउँपालिकाले ९३ करोड ३० लाख ३१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ। आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ।

त्यस्तै, आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेस गरिएको उपाध्यक्ष टापबहादुर श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.