पैदल यात्रुलाई ठक्कर दिएर भागेका विद्युत प्राधिकरणका गाडी प्रहरी नियन्त्रणमा

पैदल यात्रुलाई ठक्कर दिएर भागेका विद्युत प्राधिकरणका गाडी प्रहरी नियन्त्रणमा
नियन्त्रणमा लिएको नेपाल विद्युत प्राधिकरणको गाडी। तस्बिर : अन्नपूर्ण

ढल्केवर(धनुषा) : धनुषामा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएको नेपाल विद्युत प्राधिकरणको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढल्केवर–जनकपुर सडक खण्डमा पैदल यात्रुको मृत्यु हुने गरी ठक्कर दिएर भोगेका बागमति प्रदेश.–०१–००१ ञ २६५४ नम्बरको नेपाल विद्युत प्राधिकरणको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

गत शुक्रबार राति ८ बजेतिर ढल्केवर–जनकपुर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–६ मा ती गाडीको ठक्करबाट गम्भिर घाइते भएका पैदलयात्रु सिरहाको धनगढीमाई नगरपालिका–६ का ५२ वर्षीय विन्देश्वर मोचीलाई उपचारका लागि अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

खोजतलास गर्ने क्रममा पूर्व-पश्चिम लोकमार्गमा पर्ने धनुषा,महोत्तरी र सर्लाही जिल्लामा रहेको सीसीटीभी फुटेज संकलन गरिएको थियो । प्रहरी निरीक्षक यादवका अनुसार त्यसै सीसीटीभी फुटेजको अनुसन्धान हुँदा  घटनामा संलग्न रहेको बागमति प्रदेश –०१–००१ ञ २६५४ नम्बरको उक्त गाडी नेपाल विद्युत प्राधिकरण रत्नपार्कको नाउँमा रहेको खुलेको थियो ।

उक्त गाडीलाई प्रहरीले धनुषाको हंसपुर नगरपालिका–९ स्थित ढल्केवर–बालगंगा १३२ के.भी.प्रसारण लाइन आयोजनाको निर्माणाधीन अवस्थामा रहेको भवन तथा कम्पाउण्ड परिसरभित्र त्रिपालले छोपेर लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी निरीक्षक यादवले बताए । 

उनका अनुसार गाडीको अगाडिको भाग टुटफुट,बर्नटको भाग कुच्चिएको अवस्थामा भेटिएको हो । गाडी र त्यसका चालकलाई नियन्त्रमा लिएर सवारी ज्यान मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.