एमाले सचिवालय बैठक सुरू
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टीको सचिवालय बैठक सुरू भएको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ। एमालेले आगामी भाद्र २०, २१ र २२ गते विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !