वीरगन्ज नाकामा भेटिए दुई जना कोरोना संक्रमित

वीरगन्ज नाकामा भेटिए दुई जना कोरोना संक्रमित

वीरगन्ज : वीरगन्ज नाकामा झण्डै डेढ वर्षपछि पुन कोरोना संक्रमित भेटिएका छन्। भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्ज-१६ इनर्वास्थित शंकराचार्य प्रवेशद्वारामा सञ्चालित कोभिड हेल्थ डेस्कमा भइरहेको परीक्षणमा असार महिना सुरु भएयता दुई जना बालकामा कोरोनाको संक्रमण भेटिएको वीरगन्ज महानगरपालिकाको कार्यालय स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरले बताए।

उनका अनुसार कोरोना सं क्रमण पुष्टि भएका दुवै बालक भारतीय हुन्। भारतको बिहार राज्यको छौडादानोका १४ वर्षीय र बिहारकै मोतिहारीको पिपराका-१४ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएको  ठाकुरले बताए।

भारतबाट नेपाल प्रवेशका क्रममा हेल्थ डेस्कमा स्वास्थ्य जाँचका क्रममा असार ३ गते छौडादानोका बालक र असार ७ गते पिपराका बालकमा कोरोना पोजेटिभ पाइएको ठाकुरले  जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूलाई नेपाल प्रवेश गर्न नदिई भारततर्फ नै फिर्ता पठाइएको ठाकुरले बताए।

पछिल्लो केही महिनायता भारतको विभिन्न राज्यमा पुन कोरोना संक्रमितहरु फेला पर्न थालेपछि वीरगन्ज नाकामा रहेको हेल्थडेस्कमा भारतबाट प्रवेश गर्जनेहरूको स्क्रिनिङ गर्न थालिएको हो। त्यसैक्रममा दुई जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको ठाकुरले बताए। हेल्थ डेस्कमा विशेष गरी भारतबाट लामो यात्रा गरि नेपाल आउनेहरूको कोरोना स्क्रिनिङ गर्ने गरिएको उनले बताए। स्क्रिनिङका क्रममा रुघाखोकी र ज्वरो लागेकाहरूको मात्रै एन्टिजेन किटबाट स्वास्थ्य परीक्षण गर्ने गरिएको ठाकुरले बताए।

ठाकुरका अनुसार वीरगन्ज नाकामा यसअघि पछिल्लो पटक २६ पुस २०८० मा एक नेपाली र एक भारतीय गरी दुई जनामा कोरोना संक्रमण भेटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.