इरानबाट २७२ भारतीयसँगै तीन नेपाली आइपुगे दिल्ली
काठमाडौं : इरानबाट तीन नेपाली नागरिक दिल्ली आइपुगेका छन्। बिहीबार २७२ भारतीय र तीन नेपाली नागरिक इरानबाट दिल्ली आइपुगेका हुन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा अपरेशन सिन्धुअन्तर्गत अहिलेसम्म ३४२६ भारतीयलाई इरानबाट बाहिर निकालिएको बताए।
इजरायल र इरानबीचको द्वन्द्वपछि भारत सरकारले अपरेशन सिन्धु सुरु गरेको थियो। भारतीय सरकारले नेपाली र श्रीलंकाका नागरिकको पनि इरानबाट उद्धार गरिरहेको छ।
नेपाल सरकारले इरानमा रहेका नेपालीहरूलाई भारतीय सरकारको पहलबाट नेपाल ल्याउने नीति लिएको छ। यसअघि नै परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानमा रहेका नेपालीलाई भारत सरकारको पहलबाट उद्धार गर्ने बताएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !