रुपन्देही ३ मा मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टीको दाबेदारी

रुपन्देही ३ मा मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टीको दाबेदारी

काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले दाबेदारी प्रस्तुत गरेको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बोलाएको मोर्चाको बैठकमा भएको उपनिर्वाचनसम्बन्धी एजेन्डामा नाउपाले दाबी प्रस्तुत गरेको हो।

राप्रपाका सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ। निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गराउने तयारी गरिरहेका बेला मोर्चाले पनि साझा उम्मेदवार बनाउने विषयमा बिहीबार छलफल गरेको हो। पछिल्लो निर्वाचनको मतपरिणाम अनुसार मोर्चामा आबद्ध दलहरूमध्ये नाउपाले धेरै मत ल्याएको भन्दै संरक्षक चौधरीले दाबी प्रस्तुत गरेको बताए।

'रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा मोर्चा छलफल अगाडि बढाएको छ। गत संसदीय निर्वाचनमा उक्त क्षेत्रमा हाम्रो पार्टीले धेरै मत ल्याएको छ। स्वतः त्यस क्षेत्रमा हाम्रो दाबी रहन्छ,' संरक्षक चौधरीले अन्नपूर्णसँग भने।

मोर्चामा आबद्ध दलहरूमध्ये उक्त क्षेत्रमा नाउपाले धेरै मत ल्याएको थियो। समानुपातिकतर्फ नाउपाले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ मत ल्याएका थिए। प्रत्यक्षतर्फ पनि नाउपाले चौथो नम्बरमा रहेको थियो। सोही आधारमा उक्त क्षेत्रको दाबी प्रस्तुत गरेको नाउपाले जनाएको छ।

सो विषयमा टुंगो भने लागेको छैन। 'आज प्रस्तुत भएका एजेन्डामाथि पार्टीमा छलफल गरेर फेरि आइतबार बस्ने कुरा छ,' संरक्षक चौधरीले भने।
बैठकमा उपनिर्वाचनसहित मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ, लाल आयोगको प्रतिवेदनलगायत विषयमा छलफल भएको थियो।  बैठकमा मोर्चामा आबद्ध दलहरूका शीर्ष नेताहरू सहभागी थिए।

बैठकमा जसपा नेपालका उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, राम कुमार शर्मा, नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, लालबीर चौधरी, अरुण चौधरी, लोसपाका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमतका अब्दुल खान, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, केशव झा, सीएन थारू, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाका वृषेशचन्द्र लाल, ब्रज किशोर सिंह सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.