सडक निर्माणमा ठेकेदारको लापरबाही
रुकुम पूर्व : सिस्ने गाउँपालिकाको योजना अनुगमन समितिले स्थानीय स्तरमा निर्माणाधीन दुई मुख्य सडक योजनामा कमसल सामग्रीको प्रयोग र काममा ढिलाइ भएको जनाएको छ।
गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको नेतृत्व समितिले देउखोला–भालुखाप्चे सडकको अनुगमन गरेको हो। यो सडक निर्माणको जिम्मा रमण निर्माण सेवाले लिएको छ।
गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले गुणस्तरमा सम्झौता नहुने ठेकेदारलाई चेतावनी दिएका छन्।
यस्तै धाउने–पोखरा सडकमा ग्यालेक्सी निर्माण सेवाले कमसल सामग्री प्रयोग गरेको पाइएको छ। गाउँपालिका उपाध्यक्ष रेउले कमसल सामान हटाएर मापदण्डअनुसार काम गर्न निर्देशन दिए।
जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले दुवै आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए।
रुकुम पूर्वको दुर्गम वडाका बासिन्दालाई सदरमुकाम रुकुमकोटसँग जोड्ने यी दुई सडक जीवनरेखा मानिन्छन्।
प्रतिक्रिया दिनुहोस !