गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु
गुल्मी : गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका–७ वाग्ला दनेटास्थित विद्युतीय पोलमा काम गरिरहेका बेला करेन्ट लागेर ४० वर्षीय झबिन्द्र घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिए।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !