पहिलो हाफमा लाओसविरुद्ध नेपाल २-० गोलले अगाडि
काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग पहिलो हाफमा नेपालले अग्रता बनाएको छ। उज्वेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफमा २-० को अग्रता बनाएको हो।
नेपालका लागि खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। उनले सावित्रा धण्डारीको हेडिङ पासमा डिबक्सको बिचबाट गोल गरेकी हुन्।
पहिलो हाफमा नेपाल लाओसमाथि हाबी रह्यो। खेलको ३६औं र ३९औं मिनेटमा नेपालले सुनौलो अवसर सदुपयोग गर्न सकेन। खेलको नियमित समयको अन्तिम मिनेटमा अनिता केसीले बाँया कर्नरबाट दिएको पासलाई सवित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी हुन्।
त्यसको एक मिनेटम लाओसले काउन्टर अट्याकको मुभ बनाएको थियो तर त्यसलाई गोलरक्षक अन्जनाले विफल बनाइन्। यो नेपालको ४ दशकको अन्तर्राष्ट्रिय फुटबलमा नेपालले १००औं खेल खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !