ऐतिहासिक खेलमा लाओसविरुद्ध नेपालको ९ गोल, सावित्राको ह्याट्रिक
काठमाडौं : ऐतिहासिक खेलमा नेपालले लाओसलाई पराजित गरेको छ। एएफसी एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा उज्वेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो गोल अन्तरले हराएको हो।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो। लाओसले भने एक गोल पनि फर्काउन सकेन।
नेपालका लागि सावित्रा भण्डारीले ५ गोल गरिन्। आजको खेलमा कप्तानी समेत गरेकी सावित्राले ४५औं र ५५औं, ७५औं, मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन्। उनै सावित्राले ७९औं मिनेटमा व्याक्तिगत चौथो र नेपालका लागि सातौं गोल गरिन्। खेलको ८८औं मिनेटमा सावित्राले व्याक्तिगत पाँचौं गोल गरिन्।
खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। उनले सावित्रा धण्डारीको हेडिङ पासमा डिबक्सको बिचबाट गोल गरेकी हुन्। खेलको ३६औं र ३९औं मिनेटमा नेपालले सुनौलो अवसर सदुपयोग गर्न सकेन।
खेलको नियमित समयको अन्तिम मिनेटमा अनिता केसीले बाँया कर्नरबाट दिएको पासलाई सवित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी हुन्।
त्यसको एक मिनेटमा लाओसले काउन्टर अट्याकको मुभ बनाएको थियो तर त्यसलाई गोलरक्षक अन्जनाले विफल बनाइन्।
खेलको दोस्रो हाफमा नेपाल झन आक्रमक शैलीमा खेल्यो। ४७औं मिनेटमा नेपालका लागि तेस्रो गोल भयो। उनले बायाँ तर्फबाट सबिता राना मगरको क्रसमा गोल गरेकी हुन्। यो सरुको नेपालका लागि ५० औं अन्तर्राष्ट्रिय खेल रहेको थियो।
खेलको ५१औं मिनेटमा सावित्रा भण्डारीले दायाँबाट गरेको क्रसलाई रश्मी कुमारी घिसिङले पोष्टको दिशा दिन सकिनन्। खेलको ५५ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले चौथो गोल गरिन्। त्यसको २ मिनेटपश्चात नेपालले पाँचौं गोल गर्यो। नेपालका लागि पाँचौं गोल रश्मि कुमारी घिसिङले गरिन्। उनलाइए डी बक्स बाहिरबाट रेनुका नगरकोटीले दिएको बललाई सहजै जाली चुमाएकी हुन्।
नेपालको लागि छैटौं गोल कप्तान सावित्राले गरिन्। सातौं गोल पनि सावित्राकै नाममा रह्यो। आठौं गोल नेपालका लागि अनिता केसीले गरिन्। सबिता राना मगरको पासमा उनले गोल गरेकी हुन्। दोस्रो हाफमा मैदान प्रवेश गरेकी अनिताले गोल गरेकी हुन्। नेपालको लागि नवौं गोल कप्तान सावित्रा भण्डारीले गरिन्। उनले खेलको ८८औं मिनेटमा व्याक्तिगत पाँचौं गोल गरिन्।
नेपालले एसियन कप छनोट अन्तर्गतको दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग खेल्नेछ। समुह चरणको तेस्रो खेल नेपालले घरेलु टिम उज्वेकिस्तानसँग खेल्ने ।
प्रतिक्रिया दिनुहोस !