पानी र मल अभाव : बर्दियामा ३५ प्रतिशत मात्र रोपाइँ

पानी र मल अभाव : बर्दियामा ३५ प्रतिशत मात्र रोपाइँ
तस्बिर : अन्नपूर्ण

गुलरिया : धानखेतीका दृष्टिले उर्वर मानिने बर्दियामा ३५ प्रतिशत धान रोपाइँ सकिएको छ । वर्षा र आवश्यक मल अभावले रोपाइँमा ढिलाइ भएको छ । बर्दियामा बाह्रै महिना धान खेती गरिन्छ । धान वृद्धि गर्ने हेतुले जिल्लामा धान सुपरजोनहरू बनाइका छन् । बर्दियामा कूल ५० हजार १५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताए ।

 बर्दियाको खेतीयोग्य जमिनमा ७० प्रतिशत भूमिगत एवम नहरबाट सिँचाइ सुविधा उपलब्ध छ । असारको तेस्रो साता वितिसक्दा पनि बर्दियामा ३५ प्रतिशत धान रोपाइँ सकिएको उनले बताए । जसमध्ये कर्णाली नदीको टापु गेरुवा राजापुर क्षेत्रमा मात्र ६० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । 

समयमा आवश्यक वर्षा भएको छैन । नहरको पानी पनि अनियमितरुपमा आउने जाने भएकाले रोपाइँमा ढिलाइ भएको उनले प्रष्ट्याए । त्यस्तै किसानले समयमै आवश्यक मल नपाउँदा पनि रोपाइँमा ढिलाए भएको छ । बर्दियामा धानको उत्पादकत्व ४ दशमलव ४७ मेट्रिक टन प्रति हेक्टर रहेको प्रमुख ढकालको भनाइ छ । 

null

गतवर्ष जिल्लामा करिब २ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको छ । उनले थपे कार्यालयले धानको उत्पादन बढाउन किसानलाई साना सिँचाइअन्तरगत बोरी,कुलो निर्माण र मर्मत,मोटर,पम्पसेट लगायतका कृषि सामाग्री ५० देखि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै विउको गोदाम,विउ ग्रिडि∙ मेसिन, बैकल्पिक मलहरू ढैंचा,भकारो सुधार कार्यक्रममार्फत् गोबरमल,खेत जोत्ने पावर ट्रिलर,थ्रेसर,धान रोप्ने मेसिनलगायतका सामाग्री समेत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । 

पछिल्लो समय धानमा रासायनिक मलखादको बढ्दो प्रयोगले खेत बिग्रन सक्ने चुनौती थपिएको छ । धान उत्पाद राम्रो र मसिनो धानको बजार पनि राम्रो छ । तर मसिनो चामलको मुल्य बजार बढी माग भएपनि उत्पादन कम भएकाले चामल आयातको चुनौती उनले सुनाए । यस वर्ष कार्यालयले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरमा धान दिवस मनाउने भएको छ ।

मलको चरम अभाव 

बर्दियाको कुल कृषि क्षेत्रको लागि वार्षिक १२ हजार मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डीएपी र ६ सय मेट्रिक टन पोटास आवस्यक पर्ने कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय गुलरियाका निमित्त प्रबन्धक लाल बहादुर थारुले बताए । धान खेतीको लागि मात्र ४८ सय मेटन युरिया,३३ सय मेटन डीएपी र ३ सय मेटन पोटास आवश्यक हुन्छ ।

निमित्त प्रबन्धक थारुले भने,' यस वर्ष ६ हजार ५ सय मेटन युरिया,३ हजार ६ सय मेटन डीएपी र ६ सय मेटन पोटास आएको थियो हामीले सबै डिपोहरूमा पठायौं । ३० वटा डिपोको करिव ८० मेटन युरिया, १ सय मेटन डीएपी र आवश्यकता अनुसार लैजान बाँकी रहेको पोटास मात्र गोदाममा छ । बाँकी गोदाम खाली नै छ । गतवर्ष ३ हजार ३ सय मेटन मल विक्री भएको थियो । यसवर्ष माग अनुसारको मल छैन ।'

 जिल्लास्थित साल्ट ट्रेडिङ कम्पनीले केही मल आपूर्ति गर्छ । उनले ७ सय ४३ मेटन युरिया २ लटमा आउने उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.