मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका  युवकको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका  युवकको हेलिकप्टरमार्फत उद्धार

रुकुम पूर्व : रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

त्रिवेणी गाउँपालिका–८ रुकुम पश्चिमका २७ वर्षीय हेमराज ओलीलाई थप उपचारका लागि पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ।

रा७प १२६२ नम्बरको मोटरसाइकलमा सवार ओली र विपरीत दिशाबाट आइरहेको बा२प ४४२७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। बिहान ११ बजेतिर भएको उक्त दुर्घटनापछि ओलीलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तत्काल उद्धार गरी रुकुमपूर्व अस्पताल पुर्‍याइएको थियो ।

तर अवस्था गम्भीर भएपछि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई पोखरा पठाइएको हो। ओलीसँगै डा. पूर्णबहादुर पुन नेतृत्वको स्वास्थ्य टोली र आवश्यक औषधीउपचार सामग्री पनि पठाइएको छ।  

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले खत्रीलाई नियन्त्रणमा लिएर दुर्घटनासम्बन्धी आवश्यक अनुसन्धान थालेको जनाएको छ। प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.