सदन अवरोध कायमै राख्ने रास्वपाको निर्णय

सदन अवरोध कायमै राख्ने रास्वपाको निर्णय
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध कायमै राख्ने निर्णय गरेको छ। 

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने विषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयक, प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौममाथि प्रहार भएको बैठकको ठहर रहेको उनले बताए। बैठकले कानुन बनाउने विधायकी स्वतन्त्रतामाथि आँच आउनेगरी भएको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन्देखा नगरी यस कार्यमा संलग्नमाथि छानबिन गरी दोषिमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

त्यस्तै बैठकले रूपन्देही क्षेत्र-३ मा हुने उपनिर्वाचन रास्वपाका तर्फबाट योग्य उम्मेदवार छनौट गर्नका लागि सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमा छलफल भएको र सुझावलाई समेत समेटेर आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार छनौट विधिलाई पारित गर्ने बुर्लाकोटीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.