उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं : नेपाली सेनाको उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सहायक रथी खत्रीलाई असार १३ गते सरकारले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा भएसँगै उपरथी खत्रीलाई उपत्यका पृतना हेडक्वाटरको पृतनापतिमा नियुक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस !