एमाले अहिले संकटग्रस्त अवस्थामा छ : माधव नेपाल

एमाले अहिले संकटग्रस्त अवस्थामा छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन्।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले कहिले पनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफूविरुद्ध तथ्यप्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताए। आफूले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उनले बताए।

अध्यक्ष नेपालले मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको टिप्पणी गरे। एमालेभित्र देखिएको अन्तरसंघर्षले सो पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले अरुको कुभलो चिताउने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको सिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने धारणा राखे। त्यस्तै अध्यक्ष नेपालले वर्तमान सरकारले जनताको विश्वास जित्न नसकेको र परिणामसमेत दिन नसकेको बताए। वर्तमान सरकार जनविरोधी रहेकाले सरकारले पतन अनिवार्य रहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.