स्पेन भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री ओली

स्पेन भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री ओली
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। स्पेनको औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन्।

उनी कतार एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्। संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन भ्रमणमा गएका थिए। उनी असार १४ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, स्तोनियाका राष्ट्रपति अलार कारिससँ शिष्टाचार भेट गरेका थिए। उनले स्पेनका विभिन्न क्षेत्रको भ्रमण तथा अवलोकनसमेत गरेका थिए।

उनले वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनसमेत गरेका थिए। उनले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुका साथै विकास सहायतासम्बधी उच्चस्तरीय छ्लफलमा सहभागी बनेका थिए। त्यस्तै खानेपानी र सरसफाइमा लगानीसम्बन्धी उच्चस्तरीय साइड इभेन्टमा पनि उनले आफ्नो धारणा राखेका थिए। ‘अन्तर्रााष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ विषयक राउण्ड टेबलको उनले सहअध्यक्षता पनि गरेका थिए। 

nullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.