कांग्रेस बैठकमा नेताहरूको कार्यशैलीप्रति उठ्यो प्रश्न

कांग्रेस बैठकमा नेताहरूको कार्यशैलीप्रति उठ्यो प्रश्न
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन्। 

शुक्रबार पार्टी कार्यालयमा बसेका कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैलिप्रति कार्यकर्ताहरू असन्तुष्ट रहेकाले नेताहरूले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका हुन्। उनीहरूले तोकिएको समयभित्र महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने धारणा राखेका थिए।

शुक्रबार बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई लगाएत ३० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। त्यस्तै आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का, आमन्त्रित मन्त्रीहरू तेजुलाल चौधरी (युवा तथा खेलकुद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास)ले पनि आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए। 

उनले सरकारमा रहेका मन्त्रीहरूको कामकारकनहीका बारेमा छलफल भएपछि मन्त्री परिवर्तनका बारेमा भने कुनै छलफल नभएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.