तिलोत्तमामा सडक मर्मत र नगर शिक्षा सुधारको घोषणा वर्ष

तिलोत्तमामा सडक मर्मत र नगर शिक्षा सुधारको घोषणा वर्ष

बुटवल : तिलोत्तमा नगरपालिका रुपन्देहीले आगामी आर्थिक वर्ष २०८२/०८३ लाई सडक मर्मत र नगर शिक्षा सुधारको वर्ष घोषणाका रूपमा वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रवार सम्पन्न नगरसभा अधिवेशनको चौथो बैठकले बजेट पारित गर्दै आगामी आर्थिक वर्षमा नगर एम्बुलेन्स सञ्चालन गर्दै सडक मर्मतको वर्ष घोषणा गर्ने निर्णय गरेको हो। 

आगामी आवका लागि नगरसभाले २ अर्ब ९२ करोडको बजेट ल्याएको छ। सडक निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरेको नगरपालिकाले बनेका सडकको संरक्षणका लागि मर्मतलाई  प्राथमिकतामा राखेर बजेट पास गरेको छ। 

स्थानीय सरकार सञ्चालन भएदेखि सञ्चालन गर्दै आइरहेको र नागरिकले अत्यधिक रुचाएको एक वडा, एक किलोमिटर सडक कालोपत्रे कार्यक्रमलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरी पारित गरेको छ। प्रत्येक वर्ष १७ वटै वडामा एक/एक किलोमिटर गरी १७ किलोमिटर सडक कालोपत्रे हुँदै आएको छ। 

उनले शिक्षा र स्वास्थ्यतर्फ जोड दिँदै नीति, कार्यक्रम र बजेट पास भएको बताए। नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयको भौतिक पूर्वाधार निर्माण र क्षमता विकास कार्यक्रमलाई जोड दिइएको अर्यालले जानकारी गराए। १७ वटै वडामा न्यायोचित तरिकाले बजेट विनियोजन गरिएको समेत अर्यालको भनाई छ। 

नगरसभाको बैठकले वन वातावरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीलाई समेत उच्च प्राथमिकतामा राखेको छ। सुशासनको क्षेत्रमा पालिकाले आफूलाई देशभरमै अब्बल बनाएको छ। नगरसभाले पास गरेका वार्षिक कार्यक्रमलाई ऐन, नियमावली र कार्यविधि बनाएर मात्र सञ्चालन गर्दै आएको छ। 

संस्थागत सुशासनका लागि कर्मचारी र जनप्रतिनिधिहरूलाई आगामी आर्थिक वर्ष क्षमता विकासका कार्यक्रम गर्ने सभाले निर्णय गरेको छ। चालुतर्फ एक अर्ब २९ करोड ४० लाख ७२ हजार र पुँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैयाँ बजेट नगरसभाको अधिवेशनबाट पास भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.