इजरायलको द्वन्द्वपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए इरानका सर्वोच्च नेता

इजरायलको द्वन्द्वपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए इरानका सर्वोच्च नेता

एजेन्सी : इजरायलको द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका छन्।  इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार शिया मुस्लिमहरूको लागि सबैभन्दा महत्वपूर्ण दिन आशुराको पूर्वसन्ध्यामा मस्जिलमा उनी देखा परेका हुन्। त्यहाँ उनी पूजा गर्नेहरूलाई अभिवादन गरिरहेका थिए।

खामेनीले इजरायलको अस्तित्व समाप्त पार्नेबारे खुलेआम कुरा गर्दै आएका थिए। उनले लामो समयदेखि इजरायललाई पश्चिम एसियाली क्षेत्रमा  ‘क्यान्सरयुक्त ट्युमर’ भन्दै आएका छन्। उनले यसलाई निश्चित रूपमा उखेल्नु आवश्यक रहेको बताउँदै आएका छन्। 

 इजरायलले जुन १३ मा इरानमाथि आक्रमण गरेको  थियो। त्यसपछि इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो।  यस द्वन्द्वका क्रममा इजरायली आक्रमणमा परी धेरै शीर्ष इरानी कमाण्डर र आणविक वैज्ञानिकहरू मारिएका छन्। 

दुई देशबीचको १२ दिने द्वन्द्वका क्रममा खामेनी तीनवटा भिडियो सन्देशमा देखा परेका थिए। त्यो समयमा उनी बंकरमा लुकेको अनुमान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.