टेक्सासमा बाढी : १५ बालबालिकासहित ५१ जनाको मृत्यु, उद्दार जारी
काठमाडौं : अमेरिकाको टेक्सासमा अचानक आएको बाढीमा परी ५१ जनाको मृत्यु भएको छ। जसमध्ये १५ बालबालिका पनि छन्। टेक्सास प्रशासनले राहत र उद्धार कार्यका लागि ठूलो संख्यामा उद्धारकर्मीहरू खटाएको छ।
टेक्सासको केर काउन्टी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। बाढीमा यस क्षेत्रमा ४३ जनाको मृत्यु भएको छ र ग्वाडालुप नदीको किनारमा अवस्थित क्रिश्चियन युवा शिविरबाट २७ बालिका बेपत्ता छन्।
लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले बीबीसीलाई जनाएअनुसार बेपत्तामध्ये धेरै १२ वर्ष मुनिका छन्। केर काउन्टीका शेरिफ ल्यारी एल.लेथाले उनीहरूक खोजी कार्य जारी रहेको बताएका छन्। अहिलेसम्म ८५० जनालाई उद्धार गरिएको छ।
ट्राभिस काउन्टी र टम ग्रीन काउन्टीलगायत राज्यका अन्य भागहरूमा पनि मृत्यु हुनेको पुष्टि भएको छ। यस साताभारी धेरै ठाउँहरूमा बाढीको चेतावनी जारी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले यस आपतकालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएका छन्। मौसम विभागले यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको बताएको छ। जसका कारण बाढीको सम्भावना पनि छ।
प्रतिक्रिया दिनुहोस !