प्रतिपक्षीमा बस्ने नाउपाको निर्णय संसद सचिवालयलाई जानकारी, मन्त्रीले पनि बुझाउँदैछन् राजीनामा

प्रतिपक्षीमा बस्ने नाउपाको निर्णय संसद सचिवालयलाई जानकारी, मन्त्रीले पनि बुझाउँदैछन् राजीनामा
राज्यमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट सपथ लिँदै नाउपा सांसद अरुण चौधरी। फाइल तस्बिर

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रतिपक्षीमा बस्ने निर्णय गरेसँगै संसद सचिवालयलाई पनि जानकारी गराएको छ। नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले आइतबार प्रतपक्षीमा बस्ने निर्णयसहितको पत्र संसद सचिवालयलाई जानकारी गराएको हो।

'पार्टीले शनिबार नै प्रतिपक्षीमा बस्ने निर्णय गरिसकेको छ। यस विषयमा हामीले संसद सचिवालयलाई पनि जानकारी गराएका छौं। सभामुख देवराज घिमिरेज्युलाई पनि भेटेर जानकारी गराएका छौं,' अन्नपूर्णसँग उनले भने।

उनले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका राज्यमन्त्री अरुण चौधरीले पनि राजीनामा दिन तयारी अवस्थामा रहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं बाहिर रहेकाले राजीनामा दिन ढिलाइ भएको उनको भनाइ छ। 'प्रधानमन्त्रीज्यु बाहिर जानुभएको छ। प्रधानमन्त्री कार्यालयले ४ बजेपछि भन्नुभएको छ। हामी सोहीअनुसार प्रधानमन्त्रीलाई भेट्छौं। मन्त्रीले पनि त्यही बेला राजीनामा बुझाउनुहुन्छ,' उनले भने।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको हो। त्यसलगत्तै नाउपाले संघ र प्रदेश सरकारबाट अलग्गिने निर्णयमा पुगेको थियो। नाउपा सुदूरपश्चिमले यसअघि नै प्रतिपक्षीमा बस्ने निर्णय गरिसकेको छ। 

नाउपा संरक्षक रेशम चौधरीले आफ्ना मन्त्री बर्खास्त गरेर अपमान गरेको बताएका छन्। उनले केन्द्रबाटै गठबन्धन बनेको बताउँदै एउटा मुख्यमन्त्रीले दादागिरी शैलीमा आफ्ना मन्त्रीलाई बर्खास्त गरेको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.