सुनको चोरीको आरोपमा वालिङमा २ युवा पक्राउ

सुनको चोरीको आरोपमा वालिङमा २ युवा पक्राउ

स्याङ्जा : सुन चोरीको आरोपमा वालिङ नगरपालिकाबाट २ जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा वालिङ नगरपालिका ९ बस्ने ३२ वर्षीय दुर्गा बिक र चापाकोट नगरपालिका घर भई हाल वालिङ नगरपालिका बस्ने ३४ वर्षीया दीपा क्षेत्री रहेका छन्।

आरोपितका साथबाट प्रहरीले सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान बरामद गरेको प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए।

वालिङ नगरपालिका-६ स्थित थानकुमारी पाण्डेको घरबाट असार १७ गते चोरी गरेको प्रहरीको भनाई छ। पाण्डेको घरबाट अन्दाजी आधा तोला बराबरको सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान चोरी भएको सूचनाको आधारमा दुई जनालाई बिहीबार पक्राउ गरेको हो।

उनीहरूलाई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.