तेलजन्य पदार्थको अवैध कारोबारमा संलग्न चालक पक्राउ, गिरोहको खोजी हुँदै

तेलजन्य पदार्थको अवैध कारोबारमा संलग्न चालक पक्राउ, गिरोहको खोजी हुँदै
तस्बिर : अन्नपूर्ण

सिमरा : बारा प्रहरीले तेलजन्य पदार्थको कारोबार भइरहेको स्थानबाट एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित अमलेखगञ्जबाट आइतबार २१ वर्षीय सुवास चौधरीलाई पक्राउ गरेको हो । 

जीतपुरसिमरा १२ फत्तेपुर घर भएका चौधरी ट्रकका चालक हुन् । प्रहरीले उनलाई ना१क २८३६ नम्बरको ट्रकसहित नियन्त्रणमा लिएको हो । तेल भरिएको ग्यालेन ट्रकमा लोड गरिरहेको अवस्थामा चौधरी पक्राउ परेका हुन् । 

ट्यांकरबाट तेल चोरी गरी विक्री वितरण भइरहेको भन्ने सूचना पाएपछि प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले उक्त स्थानबाट झण्डै १० लाख मूल्यबराबरको तेलजन्य अखाद्य पदार्थसहित पेट्रोल, डिजल, मट्टितेल बरामद गरेको छ । 

प्रहरीका अनुसार पाँच हजार सात सय ९५ लिटर वनस्पतिजन्य तेलजस्तो पदार्थ,एक हजार लिटर पेट्रोल,६ सय लिटर डिजल, ६ सय लिटर मट्टितेल बरामद गरिएको हो । ड्रम र ग्यालेनमा भरेर राखेको अवस्थामा उक्त तेलजन्य पदार्थ बरामद भएको हो । 

पेट्रोल, डिजल र मट्टितेलको पहिचान भएपनि वनस्पतिजन्य तेल पदार्थको पहिचान हुन सकेको छैन । प्रहरीले उक्त पदार्थको परीक्षण गर्ने तयारी गरिरहेको छ । जीतपुरसिमरा २२ स्थित विष्णुराज ठकुरीको जग्गामा स्थानीय सुरेश आलेद्वारा सञ्चालित गाडी धुने ग्यारेज पछाडि गोप्यरुपमा उक्त कारोबार भइरहेको थियो । गाडी धुने ग्यारेजको आवरणमा उक्त अवैध कारोबार भएको हुनसक्ने आशंकासहित प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

प्रहरीले पक्राउ परेका ट्रक चालकबाट अनुसन्धान थालेको छ । ट्रक चालकले आफूलाई सवारी धनीले लोड गर्न पठाएको प्रारम्भिक बयान दिएका छन् । प्रहरीले सवारीधनीको खोजी गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.