राम नेपाली भूमिमा जन्मिएका हुन्, प्रचार गर्न नडराऔं : प्रधानमन्त्री ओली

राम नेपाली भूमिमा जन्मिएका हुन्, प्रचार गर्न नडराऔं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भूमिका जन्मिएको बताएका छन्। एमालेको पर्यटन विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएको प्रचार गर्न डराउन नहुने बताए।

'राम जन्मिएको भूमि नेपालमै पर्छ। सायद् त्यहाँ थारु गाउँ थियो कि। अहिले पनि त्यो भू-भाग नेपालमै पर्छ। तर, यति प्रचार गर्न हामी सक्दैनौं। हामी भन्न सक्दैनौं। यति आँट गर्न सक्दैनौं। अप्ठ्यारो मान्छौं। को रिसाउँछ जस्तो लाग्छ, अनि हामी के गरी खान्छौं?,' प्रधानमन्त्री ओलीले प्रश्न गरे।

उनले राम र लक्ष्मणको शिक्षा दीक्षा पनि नेपाली भूमिमै भएको बताए। वाल्मिकी रामायणमा कोशी तरेर पश्चिम गएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालकै पश्चिम भू-भागमा आएको प्रस्ट पारे। तर, कोशीबाट सिधा ताकेर अयोध्या नपुगेको उनको दाबी छ।

'पश्चिमतिर हिंडेको घोडा ताकेरै अयोध्या पुग्छ? यो नहुने कुरा हो। मैले भनिरहन पर्दैन यो सब पौराणिक कथनहरूमा पनि उल्लेख छ,' उनले भने।

प्रधानमन्त्री ओलीले नेपाली भूमिमा जन्मिएरै रामको विवाह पनि सीतासँग भएको बताए। 'त्यहाँ(अयोध्या)को भए त उतै विहे गर्थ्यो होला नि। यहीँको थियो र जाउँ न त एकपटक भनेर जनकपुर गएको हो,' उनले भने। उनले सीता पनि त्रिशुली र कालीगण्डकी मिसिएको ठाउँतिर समाहित भएको बताए।
 

त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले भगवान शिव र विश्वामित्र पनि नेपालकै भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.