मन्त्री फेर्ने विषयमा छलफल भएको छैन, सरकारको भूमिका थप प्रभावकारी बनाउनुपर्छ : कांग्रेस प्रवक्ता
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री फेर्ने विषयमा कुनै छलफल नभएको बताएका छन्। पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय समितिको बैठकमा मन्त्री फेर्ने विषयमा कुनै छलफल नभएको उनले बताएका हुन्।
बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो राय राख्ने बेला कांग्रेसबाट सरकारमा सहभागी बनेका मन्त्रीहरूको कार्यसम्पादनका विषयमा प्रश्न उठेको थियो। कांग्रेसका केन्द्रीय सदस्यहरूले मन्त्रीहरूले जनताका आकांक्षाहरू पूरा गर्ने सबाल चुकेको आरोप लगाएका थिए। तर, प्रवक्ता महतले त्यस विषयमा कुनै छलफल नै नभएको दाबी गरे।
त्यस्तै प्रवक्ता महतले केपी शर्मा ओली नेतृत्वको सरकारले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालेको बताए। उनले कांग्रेस एमाले गठबन्धनको सरकारले जनताका आवश्यकता र सेवा प्रभावमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले आर्थिक समृद्धि र रोजगारीका सबालमा पनि सरकारले थप गृहकार्य गर्न आवश्यक रहेको बताए।
प्रतिक्रिया दिनुहोस !