सभापति देउवालाई महामन्त्री शर्माको सुझाव- छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सम्मानजनक बिदाइ लिनुपर्छ

सभापति देउवालाई महामन्त्री शर्माको सुझाव- छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सम्मानजनक बिदाइ लिनुपर्छ
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई सम्मानजनक बिदाइ लिन सुझाव दिएका छन्। कांग्रेसको केन्द्री कार्यसमिति बैठकमा महामन्त्री शर्माले छैटौंपटक प्रधानमन्त्री नबन्न पनि आग्रह गरे।

उनले सभापति देउवाले चितवनमा अवकाश लिने सम्बन्धमा दिएको अभिव्यक्तिको पनि सराहना गरेका थिए। 'चितवनमा 'अवकाश लिने बेला आयो' भन्नुभयो। यो प्रशंसनीय छ। पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो,' उनले भने।

महामन्त्री शर्माले सभापति र प्रधानमन्त्री पदका लागि समस्या भएको र विधानले पनि पनि त्यो नदिने बताए। 'विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि। तेस्रोपटक सभापति बन्न विधानले दिँदैन। अब २०८३ असारमा आफू छैटौंपटक प्रधानमन्त्री बन्नतिर नलागेर अरु साथीलाई बन्न मार्ग प्रशस्त गरेर प्रशंसा जित्नुपर्छ सभापतिले। सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ,' महामन्त्री शर्माले भने।

यस विषयमा सभापति देउवाले आफूले कसैले भनेर अवकाशमा नजाने बताए। उनले आफू अप्ठ्यारो मान्छे भएको स्मरण गराउँदै कसैले भनेर अवकाश नलिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.