कुलिङ पिरियडमा भएको गडबडी पत्ता लगाउन जुट्यो छानबिन समिति
काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष समितिले तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको विशेष समितिको पहिलो बैठकमा उपस्थित भइ सभामुख घिमिरेले क्षेत्राधिकारभित्र रहेर समयअवधिभित्रै प्रतिवेदन दिने विश्वास व्यक्त गरेको समिति संयोजक जीवन परियारले जानकारी दिए।
सिंहदरबारभित्रै समितिको सचिवालय रहने र समितिले दिएको क्षेत्राधिकारमा रहेर जिम्मेवारी पूरा गर्न काम सुरू गरिसकेको उनले बताए। सचिवालयका लागि संसद सचिवालयबाट सचिव,उपसचिव र कर्मचारीको व्यवस्थापन भएको उनले जानकारी दिए।
संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सोमबार प्रतिनिधिसभाले सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस !