सर्वोच्च अदालतले दिएन गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर विश्व पौडेलविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। गभर्नर पौडेललाई काम गर्न रोक लगाउन माग गर्दै परेको रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्माको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकारी दिन आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ। पौडेल गत जेठ ६ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए। नियुक्तिसँगै उनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो।
प्रतिक्रिया दिनुहोस !