प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत पनि पुगेका थिए रसुवा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन्।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल-चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ पनि स्थलगत अवलोकनका लागि रसुवा पुगेका थिए।
त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखहरू प्रधानमन्त्री ओलीसँग रसुवा पुगेका थिए।
प्रतिक्रिया दिनुहोस !