बाढीबाट टेक्सासमा मृत्यु हुनेको संख्या १०० नाघ्यो, नेपालीलाई सतर्क रहन प्रधानमन्त्रीको आग्रह

बाढीबाट टेक्सासमा मृत्यु हुनेको संख्या १०० नाघ्यो, नेपालीलाई सतर्क रहन प्रधानमन्त्रीको आग्रह
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपाललाई सतर्क रहन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्सासमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरे। 'अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ। त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ। टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु,'  प्रधानमन्त्री ओलीले लेखेका छन्। 

टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको संख्या सोमबार एक सयभन्दा बढी पुगेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। उद्धारकर्ताहरूले बेपत्ता भएकाहरूको खोजीकार्य तीव्र पारेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.