सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं : सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार रातिसम्म भएको वार्तामा दुई पक्षबीच सहमति भएको हो।

चिकित्सकहरूको माग सम्बोधन गर्न सरकार विद्यमान कानुन र नीतिगत व्यवस्थामा आवश्यक कानुन संशोधन गर्न तयार भएको हो। सरकारले त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने र उक्त कार्यदलले सात दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको हो।

कार्यदलले बुझाएको प्रतिवेदनलाई पुनः वार्ता टोलीमा छलफलका लागि ल्याइने र कार्यान्वयनमा लगिने दुई पक्षबीच सहमति भएको हो। सहमतिसँगै आन्दोलनरत चिकित्सकहरूले आन्दोलन स्थगित गरेका छन् भने बन्द रहेका सेवाहरू आजैदेखि सञ्चालनमा आउने जानकारी दिइएको छ। 

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.