सरकारले ल्याउन लागेको भूमि विधेयकमा कांग्रेसकै महामन्त्रीको आपत्ति, शर्मा भन्छन् - कार्यसूचीबाट हटाइयोस्
उनले बुधबार बिहान भनेका छन्, ‘लटरपटर नगरौँ, पूर्वसहमति खोजौँ कि समितिमा पठाऊँ। अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्- भूमि विधेयक।’
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याउन लागेको भूमिसम्बन्धि विधेयक कार्यसूचीबाट हटाउन माग गरेका छन्।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पेश गर्न लागेको ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ कार्यसूचीबाट हटाउन माग गरेका हुन्।
उनले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक´ मा संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको दाबी गरे। पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्ने गरी´ संसदमा प्रस्तुत हुन लागेकोप्रति विमत्ती रहेको उनको भनाई छ। ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ। पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसद्मा प्रस्तुत हुन लागेकोमा खुला विमति छ’, उनले बुधबार बिहान भनेका छन्, ‘लटरपटर नगरौँ, पूर्वसहमति खोजौँ कि समितिमा पठाऊँ। अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्- भूमि विधेयक।’
आजको कार्यसूचीमा भूमि विधेयकमाथि छलफल र विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरेपछि पारित गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस !