बेलायतमा मृत्यु भएका दुई नेपाली विद्यार्थीको लन्डनमा अन्त्येष्टि, नेपालमा रहेका परिवारले भिडियोबाटै हेरे

बेलायतमा मृत्यु भएका दुई नेपाली विद्यार्थीको लन्डनमा अन्त्येष्टि, नेपालमा रहेका परिवारले भिडियोबाटै हेरे
सुन्नुहोस्

लन्डन : बेलायतमा ज्यान गुमाएका दुई नेपाली युवाको एकैदिन लन्डनमा अन्त्येष्टि गरिएको छ।  गत जुन १४ तारिखमा लन्डनको वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिएका २७ वर्षीय विपिन न्यौपाने र गत अप्रिल २८ तारिखमा लन्डन थेम्स नदीकिनारमा शव फेला परेका २० वर्षीय सुशान ओलीको लन्डनका दुई छुट्टा-छु्टै क्रिमेटोरियममा एकैदिन अन्त्येष्टि भएको हो ।

गुल्मीको जोहाङ पुख्र्यौली र  हाल रुपन्देहीको मणिग्राममा घर भएका स्वर्गीय विपिन न्यौपानको अन्त्येष्टि लन्डन एल्थामको क्रिमेटोरियममा सम्पन्न भयो । बेलायतमै रहेका उनका आफन्तहरूको संयोजनमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका लागि आवश्यक खर्च उनी कार्यरत रहेको कम्पनीले व्यहोरिदिएको विपिनका बेलायतस्थित आफन्त विष्णु भण्डारीले जनाए।

विपिनको अन्तिम बिदाइमा उनका आफन्तदेखि उनले काम गर्ने कम्पनीका प्रतिनिधि एवम् सहकर्मीहरू सहभागी भएका थिए । डेढ वर्षअघि अध्ययनका लागि बेलायत आएका विपिनले यहाँको सेन्ट जोन युनिभर्सिटीबाट मास्टर्स पूरा गरी हालै मात्र पीएसडब्लु भिजा लिएर फुलटाइम काम सुरू गरेका थिए । 

साउथ इष्ट लन्डनमा विपिनको अन्त्येष्टि भएकै दिन उता वेष्ट लन्डनको फेल्थाममा गत अप्रिल अन्तिम साता ज्यान गुमाएका ओलीको अन्त्येष्टि भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग बेलायतको संयोजनमा सुशानको अन्त्येष्टि गरिएको विभागका सचिव रमेश वेल्बासेले जनाए । अन्त्येष्टिमा सहभागीमध्ये अधिकांश रास्वपाका सदस्यहरु थिए भने केही नेपाली समुदायका प्रतिनिधि र सुशानका आफन्त पनि थिए ।

रुकुम पश्चिमको मुसिकोट स्थायी घर भएका सुशान एक वर्षअघि बेलायत आएर कोभेन्ट्री युनिभर्सिटीमा अध्ययन गर्दै थिए । गत अप्रिल २३ तारिखमा लन्डनबाट सम्पर्कविहिन सुशानलाई त्यसको पाँच दिनपछि बेलायती प्रहरीले थेम्स नदी किनारमा मृत फेला पारेको थियो ।

बेलायतमा मृत्यु भएका आफ्ना छोराको अन्तिम बिदाइमा सहभागी हुन नपाएका विपिन र सुशानका दुवै परिवारले बेलायतमा भइरहेको छोराको अन्त्येष्टि नेपालबाटै लाइभ भिडियोमा हेरेका थिए ।

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.