पशुपालन किसानलाई प्रोत्साहन गर्दै रामग्राम नगरपालिका
परासी : किसानलाई पशुपालनमा प्रोत्साहन गर्न नवलपरासीको रामग्राम नगरपालिकाले पशुपालनसम्बन्धी सामग्री वितरण गरेको छ। नगरपालिकाले बुधबार २१ जना पशुपालन किसानलाई अनुदानमा सामग्री वितरण गरेको हो।
नगर प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरीले ५० प्रतिशत अनुदानमा किसानलाई ‘चापकटर’ र ‘काउम्याट’ वितरण गरेका हुन्। पराललगायत घाँसलाई छाँटेर दाना बनाउनका निम्ति प्रयोग हुने ‘चापकटर’ १८ जना र चापकटरसहित अन्य ७ जनालाई गाईलाई बस्नका निम्ति प्रयोग हुने ‘काउम्याट’ वितरण गरिएको नगरपालिकाले जनाएको छ।
नगर क्षेत्रमा १५८ व्यवसायीक पशुपालन किसान छन्। घर खर्चका लागि पशुपालन गर्दै आएका अन्य किसानलाई पनि व्यवसायीकतर्फ आकर्षण गराउन आउँदो वर्ष कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको नगर प्रमुख यादवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !