दार्चुलाको मालिकार्जुन मन्दिरमा भक्तजनको घुइँचो

दार्चुलाको मालिकार्जुन मन्दिरमा भक्तजनको घुइँचो
सुन्नुहोस्

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका-३ स्थित माल्लिकार्जुनको शिखर जात्रामा भक्तजनको घुइँचो लागेको छ। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल श्री माल्लिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पूजन जात्रा लाग्ने गर्छ। हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ।

शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव-पार्वतीको मुख्य वासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताए। ‘यो जात्राले आस्था आशा भरोसा हुनेमात्रै आउन सक्छन्,' अध्यक्ष धामीले भने, ‘जोपायो त्यही आउन सक्दैन यो एउटा बर्दानी ढोका भएकाले देश विदेशबाट भक्तजनहरू आउने गर्छन्।’ यो बर्दानी ढोकाले निसन्तानीलाई सन्तान दिने, बेरोजगारीलाई रोजगारी दिने भएकाले पनि शिखर जात्राको महत्त्व बढ्दै गएको उनको भनाइ छ। 

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको मालिकार्जुन मन्दिर ब्यवस्थापन समितिका सचिव जनकसिह धामीले बताए। उनका अनुसार यो वर्ष भक्तजनको निकै भिड भाड रहेको जनाएको छ। यो वर्ष भारतको उत्तराखण्ड, बंगाल, पिथौरागढ, धार्चुला, बलुवाकोट, अल्मोडा र नेपालका विभिन्न जिल्लाबाट झन्डै ८/१० हजार बढी भक्तजनहरूले पूजापाठ गर्ने अनुमान गरिएको छ।

मालिकार्जुन-३ मडस्थित भण्डारी घरदेखि आज सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्छ। यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगेर शिखर लागेका छन्। शिखर धामको दर्शन गर्न मंगलबारदेखि नै अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन पुगेका छन्। बर्सेनि हजारौँ श्रद्धालु भक्तजनले पूजन जात्रामा शिखर धामको दर्शन गर्ने गरेको मालिकार्जुन गाउँपालिका ३ का स्थानीय सबिर धामीले बताए बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.