भारतीय वायुसेनाको विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु
सुन्नुहोस्

काठमाडौं : भारतीय वायुसेनाले राजस्थानको चुरु जिल्लामा बुधबार भएको जगुआर विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको जानकारी दिएको छ।

‘भारतीय वायुसेनाको जगुआर प्रशिक्षण विमान आज राजस्थानको चुरु नजिकै नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको छ,’ भारतीय वायुसेनाको मिडिया समन्वय केन्द्रले ट्विटरमा भनेको छ,‘यस दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ। कुनै पनि नागरिक सम्पत्तिमा क्षति पुगेको छैन। भारतीय वायुसेना यस शोकको घडीमा शोकसन्तप्त परिवारको साथमा छ।’

वायुसेनाका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.