प्रदेश महामन्त्रीदेखि पूर्वमन्त्रीसम्मलाई कांग्रेसले गर्‍यो कारबाही

प्रदेश महामन्त्रीदेखि पूर्वमन्त्रीसम्मलाई कांग्रेसले गर्‍यो कारबाही
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले जिल्ला सभापतिदेखि पूर्वमन्त्रीसम्मलाई कारबाही गरेको छ। कांग्रेसको अनुशासन समितिको बैठकले गत तीन तहकै निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरूलाई कारबाही गरेको हो।

कांग्रेस अनुसशासन समितिले तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकुमार राई र पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको हो। अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढंगानाका अनुसार कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) ( ख) (घ) अनुसार उनीहरूलाई कारबाही गरिएको हो। त्यस्तै धनुषा लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिने कारबाही गरिएको छ। 

त्यस्तै धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि ६ महिना र नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गर्ने निर्णय भएको ढुंगानाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.