जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो नयाँ टीभीएस जुपिटर-११० स्कुटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो नयाँ टीभीएस जुपिटर-११० स्कुटर
सुन्नुहोस्

काठमाडौं : दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टीभीएसको नयाँ टीभीएस जुपिटर–११० स्कुटर सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले सार्वजनिक गरेको यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलोपटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित रहेको दाबी गरिएको छ ।

नयाँ टीभीएस जुपिटर–११० ले एक स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन प्रस्तुत गर्ने एउटा पूर्ण सोचको प्रतिनिधित्व गर्ने कम्पनीले बताएको छ । टीभीएस जुपिटर–११० ले विश्वभरि ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ ।

१५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरूसहितको यो नयाँ टेक-फ्रेन्ड्ली टीभीएस जुपिटर-११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको बताइएको छ । यो स्कुटर नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर हो ।

कम्पनीका अनुसार यस स्कुटरमा डुअल हेलमेट अन्डर सिट स्टोरेज (सिट मुनि ३३ लिटर स्टोरेज), अगाडिबाट इन्धन भर्ने सुविधा र फराकिलो फुटबोर्ड स्पेस सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेकजस्ता विशेषता रहेका छन् । त्यस्तै, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प र मेटल्म्याक्स बडी लामो सिटसहितको बडी ब्यालेन्स २.० प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार फाइन्ड मी सुविधा, फलो मी हेडल्याम्प र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने टीएसएल सुविधा पनि रहेको बताइएको छ ।

त्यसैगरी, टीभीएस स्मार्ट टीएम ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर- कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित डिस्ट्यान्स टु इम्पिटीलगायतका धेरै विशेषताहरू छन्, जसले सवारीलाई अझ सुविधाजनक, भरपर्दो र चिन्तारहित बनाउँछ ।

साहिल अग्रवाल र अखिल गुप्ता, जगदम्बा मोटर्सका प्रतिनिधिहरूले उद्घाटनमा भने, ‘टीभीएससँग हाम्रो सहकार्य मजबुत हुँदै गएको छ यो सहकार्य उच्च गुणस्तरीय उत्पादन र उत्कृष्ट ग्राहक सन्तुष्टिमा आधारित छ । नयाँ टीभीएस जुपिटर-११० मा सुरक्षादेखि लिएर सुविधा, प्रविधि र टिकाउपनमा नयाँ उचाइ दिएको छ । हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले यो स्कुटरलाई अत्यधिक मन पराउनेछन् ।’

टीभीएस जुपिटर–११० प्रदर्शन र प्रविधिमा ११३.३ सीसी सिंगल सिलिन्डर, ४–स्ट्रोक इन्जिनबाट सञ्चालित, ६५०० आरएमपीमा ५.९ किलोवाट पावर र ५००० आरएमपी मा आईजीओ असिस्टसहित ९.८ एनएम टर्क र आईजीओ असिस्टबिना ९.२ एमएम टर्क उत्पन्न गर्छ ।

नयाँ टीभीएस जुपिटर-११० इन्जिन र गो असिस्ट प्रविधिले १० प्रतिशतभन्दा बढी माइलेज र अझ राम्रो पिक–अप सुनिश्चित गर्छ । फ्रन्ट फ्युल फिल, लामो सिट, फराकिलो लेग स्पेस र बडी ब्यालेन्स टेक्नोलोजीले दिन्छ ।

यो स्कुटरको सुरुआती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ तोकिएको छ । यो डिस एक्सआईएससी भेरियन्टमा सम्पूर्ण टीभीएस शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.