क्याप्टेन थापाको जीवनीमा आधारित सिनेमा ‘क्याप्टेन साब’ को शुभ मुहूर्त

क्याप्टेन थापाको जीवनीमा आधारित सिनेमा ‘क्याप्टेन साब’ को शुभ मुहूर्त
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : क्याप्टेन रामेश्वर थापाको जीवनी (वायोपिक) मा आधारित सिनेमा ‘क्याप्टेन साब’ शुभ मुहूर्त गरिएको छ । गुरु पूर्णिमाको शुभ अवसरमा गौरिनगरस्थित त्रिगजुर शिवालयमा पण्डित कुमार सुबेदीबाट बिहीबार बिहान स्वस्ति वाचनका साथै गणेश प्रार्थना र शिव आराधना समेत गरिएको थियो । 

व्यवसायी डा.उपेन्द्र महतोले क्ल्याप र क्याप्टेन थापाले एक्सन भन्दै फिल्मको सुरुवात गरेका हुन् ।  क्याप्टेन थापाको यसअघि प्रकाशित बारुदमाथि उड्दा र  इन्टू द फायर  पुस्तक पढेपछि फिल्म बनाउन प्रेरित भएको निर्देशक दीपेन्द्र के खनालले बताए।

null

फिल्ममा निर्देशक खनालले क्याप्टेन थापाको जीवनमा आधारित पुस्तक पढे पछि फिल्म बनाउने योजना बनाएको बताए । ‘पुस्तक पढ्ने मुडमा थिएँ । पसलमा पुगेपछि पुस्तकहरू खोज्ने क्रममा ‘इन्टू द फायर’को कभर पेजले आकर्षित गर्यो,’निर्देशक खनालले भने,‘पुस्तकको बाहिरी आवरण नै फिल्मको पोष्टरजस्तो थियो । घर लगेर पढ्दै जाँदा निकै मन पर्यो । पर्दामा देखाइने हिरोले बढी काम क्याप्टेन थापाले आफ्नो वास्तविक जीवनमा गर्नु भएको रहेछ । उहाँकै जीवनमा आधारित रहेर फिल्म बनाउनुपर्छ भन्ने महशुस भयो ।’ 

अर्का निर्माता करण श्रेष्ठसँग सल्लाह गरेपछि आफ्नो योजनाले साकाररुप लिएको निर्देशक खनालको भनाइ  छ। फिल्मको प्राविधिक पक्ष मिलाउने चुनौती रहेको उल्लेख गर्दै निर्देशक खनालले यसअघि आफूले गरेका सिनेमाहरू साधारण लागिरहेको बताए ।  ‘क्याप्टेन थापाले वास्तविक जीवनमा गरेको जस्तो भूमिका गर्ने अवसर हामी कलाकारलाई पर्दामा काम गर्ने अवसर कमै मात्र प्राप्त हुन्छ,’लामिछानेले भने,‘एक्साइटेड पनि छुँ । अलि नर्भस पनि महशुस गरिरहेको छुँ ।’ 

null

क्याप्टेन थापाको भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गर्दै छन् । लामिछाने,सुरक्षा पन्तलगायतका कलाकारको फिल्ममा मुख्य भूमिका रहने छ । पन्तले  वायोपिक फिल्म भएकाले आफू संवेदनशील भएको बताइन् । ‘मुलुकभित्र चलेको द्वन्द्वकालका विषयवस्तु पनि छन् । त्यसप्रतिको  संवेदनशीलतालाई मनन गर्दै अभिनय गर्नु चुनौतिपूर्ण नै छ । क्याप्टेन थापाले के भोग्नु भयो ? त्यो पक्षलाई सिनेमामा देखाउनु चुनौतिपूर्ण पक्ष हो । क्याप्टेन थापाको भूमिकालाई न्याय गर्ने किसिमले भूमिका निर्वाह गर्नु पर्नेछ,’पन्तले भनिन,‘यस खालको ह्युज क्यानभासमा सहभागी हुन पाउनुलाई सौभाग्य सम्झेकी छुँ ।’

दीपेन्द्रले यसअघि निर्देशन गरेको ‘धनपति’ मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा थिए । क्याप्टेन साबमा निर्देशक दिपेन्द्र स्वयं निर्माताकारुपमा रहेका छन् । अर्का निर्माता करण श्रेष्ठले फिल्म भव्य हुने उल्लेख गरे।  श्रृष्टिमा खनाल निर्माता रहेको यस फिल्ममा कार्यकारी निर्मातामा श्रृजना नापित रहेकी छिन् । कृष्णबहादुर थापा छायाँकारका रुपमा रहेका छन् । 

null

साउनको पहिलो सातादेखि फिल्मको सुटिङ सुरू हुने निर्देशक लामिछानेले जानकारी दिए । क्याप्टेन थापाको जन्मस्थान काभ्रेको कुशादेवि र अन्य विभिन्न स्थानमा सुटिङ गरिनेछ । पाइलट थापा  सिम्रिक एयरका अध्यक्ष समेत हुन् । वायु सेवा सञ्चालक संघका पूर्वअध्यक्ष थापा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.