विद्यालय भवन निर्माणमा अनियमितता : खोटाङका तत्कालीन जिसिअ चापागाई,भट्टराईसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालय भवन निर्माणमा अनियमितता : खोटाङका तत्कालीन जिसिअ चापागाई,भट्टराईसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

काठमाडौं : जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चापागाईंसँगै तत्कालीन जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद भट्टराई,तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठ,तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चर्चबहादुर विश्वकर्मा,भवन निर्माण गर्ने व्यक्ति बबेन्द्र राई समेतलाई प्रतिवादी बनाइ आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध  ३० लाख ५० हजार बिगो माग गरिएको छ।

खोटाङको दिप्रङ चुइचुइम्मा गाउँपालिका वडा नम्बर ४ स्थित जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा भ्रष्टाचार  गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। ४ कोठे आरसीसी भवन बनाउनका लागि जिल्ला शिक्षा कार्यालयले ३२ लाख १० हजार ८६४ अनुदान दिनेगरी सम्झौता भएको थियो। तर उक्त सम्झौता विपरित कमसल सामग्री प्रयोग गरी भवन निर्माण भएको अख्तियारको दावी छ।

अनुसन्धानका क्रममा उक्त चार कोठे आरसीसी भवन निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग गरेको,भवन निर्माण कार्य सम्पन्न नभएको र उक्त संरचनालाई कायम राखी थप निर्माण कार्य गर्दा विद्यालय प्रयोजनको लागि प्रयोग गर्न नसकिने गरी निर्माण गरेको खुल्न आएको अख्तियारको ठहर छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.