पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको रंगेली नगरपालिका -९ बेलचोक स्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ। डुबिरहेको अवस्थामा उद्धार गरेर अस्पताल पुर्‍याइएका बालकको बिहीबार दिउँसो मृत्यु भएको हो। 

धनपालथान–६ दादरबेरियाका सञ्जय विश्वकर्माका छोरा १० वर्षीय प्रशान्त विश्वकर्माको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार प्रशान्त धनपालथान–९ बेल चोकस्थित मामाघर गएका थिए। 

मामाघर नजिकै सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारिएको थियो। स्थानीयले घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। खेल्ने क्रममा बालक पोखरीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

यद्यपि, इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.