माओवादी पदाधिकारी बैठकमा के भयो?
काठमाडौं : नेकपा माओवादी केन्द्रले रसुवामा आएको बाढीमा परेकाको उद्धारका साथै राहत तथा पुनःस्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धरका साथै राहत तथा पुनःस्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
बैठकले प्राकृतिक प्रकोपका कारण भविष्यमा हुनसक्ने क्षतिहरूको पनि अहिले नै गम्भीर तयारी गर्न समेतमाग गरेको उनले बताए। बैठकले साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको उनले बताए। त्यस्तै बैठकले आन्तरिक तथा संगठनात्मक विषयमा केही निर्णयहरू भएको प्रवक्ता सापकोटाले बताए।
प्रतिक्रिया दिनुहोस !