कोशीमा २९ प्रतिशत मात्रै धान रोपाइँ

कोशीमा २९ प्रतिशत मात्रै धान रोपाइँ
फाइल तस्बिर

विराटनगर : अन्नको उर्वरभूमि मानिने कोशी प्रदेशमा असारको तेस्रो सातासम्म २९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । वर्षाको अभावमा प्रदेश भरीमा असार २२ गतेसम्म २९ प्रतिशत मात्र धान मात्र रोपाइँ भएको हो ।

प्रदेशमा सबैभन्दा बढी मध्यपहाडको जिल्लामा ४१ दशमलव ८७ प्रतिशत रोपाइँ भएको छ । तराईको जिल्लामा २५ दशमलव ५४ प्रतिशत र उच्च पहाडमा २५ दशमलव २५ प्रतिशत धान रोपाइँ भएको छ । 

कृषि विकास निर्देशनालय विराटनगर कोशीका अनुसार गत वर्षको असार २२ गतेसम्म ३४ दशमलव ४३ प्रतिशत धान रोपाइँ भएको थियो । मध्यपहाडमा धान खेती हुने ६७ हजार ७ सय १७ क्षेत्रफलमध्ये ४१ दशमलव ८७ प्रतिशत धान रोपाइँ भएको हो । मध्यपहाडमा २८ हजार ३ सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशीका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार तराईका तीन जिल्लामा १ लाख ९३ हजार २ सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ४९ हजार ३ सय ६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । जुन धान खेती हुने क्षेत्रफलको २५ दशमलव ५४ प्रतिशत हो ।

उच्च पहाडमा २५ दशमलव ५० प्रतिशत धान रोपाइँ भएको छ । १५ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ९ सय २२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  उच्च पहाडी जिल्लाको सोलुखुम्बुमा २६ दशमलव ९३ प्रतिशत धान रोपाइएको भएको छ । ताप्लेजुङमा ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमा धान खेतिहुँदै आएकोमा २९ दशमलव ४३ प्रतिशत धान रोपाइँ भएको छ । 

संखुवासभामा १ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै आएकोमा २४ प्रतिशत धान रोपाइँ भएको छ । त्यसैगरी मध्यपहाडी जिल्ला ओखलढुंगामा ३ हजार ८ सय ३ हेक्टर क्षेत्रफलमध्ये ४२ दशमलव ८८ प्रतिशत धान रोपाइ्ँ भएको हो ।
भोजपुरमा १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै आएकोमा हालसम्म ५८ प्रतिशत धान रोपाइँ भएको छ । धनकुटामा ४ हजार ९ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म १७ प्रतिशत, तेह्रथुममा ६ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमध्ये ३३ प्रतिशत, उदयपुरमा १३ हजार ३ सय ८० हेक्टरमध्ये ३१ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै खोटाङमा १० हजार १८ हेक्टर मध्ये ५७ प्रतिशत रोपाइँ सम्पन भएको छ ।

पाचँथरमा ५ हजार ८ सय ४९ हेक्टर क्षेत्रफलमध्ये ५९ प्रतिशत, इलाममा ११ हजार ६२ हेक्टर क्षेत्रफलमध्ये ३० प्रतिशत धान रोपाइँ भएको छ । झापामा २१ प्रतिशत धान रोपाइँ भएको छ । झापामा ७५ हजार ४ सय ५९ हेक्टर क्षेत्रफलमध्ये १५ हजार ८ सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । मोरंगमा ३१ दशमलव ५० प्रतिशत धान रोपाइँ भएको छ । मोरंगमा ६९ हजार ८ सय १७ हेक्टरमध्ये २१ हजार ९ सय ९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । सुनसरी भने २४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सुनसरीमा ४८ हजार ९ हेक्टर मध्ये ११ हजार ५ सय २२ हेक्टरमा धान रोपाइँ भएको हो ।

मलको चरम अभाव 
उत्पादनमा सबैभन्दा अब्बल रहेको कोशी प्रदेशमा धान खेतीका लागि चाहिने रासायनिक मलको चरम अभाव भएको छ । धान खेतीका लागि चाहिने रासायनिक मल डीएपीको लागि नेपाल सरकार र कृषि सामग्री कम्पनी लिमिटेडले गरेको व्यवस्थाअनुसार सप्लायर्सले उपलब्ध नगराउँदा चासो नै दिएको छैन । 

धानखेतीको लागि चाहिने डीएपी किसानलाई चाहिएको बेला सप्लायर्सले उपलब्ध नगराउँदा किसानले मल पाउन नसकेको विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख नरेशकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा रासायनिक मल बढी बिक्री वितरण गरे पनि अहिले अभाव भएको हो ।

गत आर्थिक वर्षमा युरिया ११ हजार ३ सय ४२ टन, डीएपी ८ हजार ९२ टन, र पोटास ८ सय १ टन विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बिक्री वितरण गरेकोमा चालु आर्थिक वर्षमा १३ हजार ७ सय १ टन युरिया, १० हजार ८ सय १९ टन डीएपी र ११ सय ७८ टन पोटास विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बिक्री वितरण गरेको छ । ‘गत वर्ष मुख्य सिजनमा पर्याप्त डीएपी थियो’, प्रमुख सापकोटाले भने, ‘ तर यस पटक गत वर्षभन्दा बढी बिक्री वितरण गरे पनि मुख्य सिजनमा डीएपी आएन ।’ असार भित्र ६ हजार टन मल आउनुपर्नेमा सप्लायर्सले मात्रै २२ सय टन डीएपी उपलब्ध गराएको उनले बताए ।

तत्काल डीएपी आउने सम्भावना नरहेको बताउँदै उनले भने, ‘ साउनको दोस्रो वा तेस्रो हप्ता आउने भन्नेबारे पनि अन्योलता नै रहेको छ ।’ यद्यपि युरिया किसानको लागि चाहिने बेला नै आउने सम्भावना रहेको बताए । साउनमा १२ हजार टन आउने उनले जानकारी दिए । निर्धारित गरेको असारमा आउने मलसहित साउनको मल एकै पटक आउने सम्भावना रहेको उनको भनाइ थियो ।

किसान मकै खेतीतिर केन्द्रित भएकाले अत्यधिक मल मकै खेतीमा प्रयोग गरेको बताइएको छ । काबुभित्रको मलको समस्या विभिन्न परिस्थितिले बाहिर गएको प्रादेशिक प्रमुखले दाबी गरे । अन्तर्राष्ट्रिय बजारबाट आउने मल विभिन्न देशहरूमा भइरहेको युद्धका कारण पनि आउन नसकेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत मलको मुल्य अहिले अकासिएको बताइएको छ । सो कार्यालयले कोशी प्रदेशसहित मधेस प्रदेशका सिराहाको लहान र सप्तरीको राजविराजस्थित रहेको कार्यालयलाई निर्धारण गरेको कोटाअनुसार रासायनिक उपलब्ध गराउँदै आएको छ । 

विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयकाले पहाडको तेह्रथुम, भोजपुर र संखुवासभासहित मोरङलाई रासायनिक मल बिक्री वितरण गर्ने गरेको छ । प्रदेश मल वितरण व्यवस्थापन समितिद्वारा निर्धारित कोटासम्बन्धी स्थानीय तहले बिक्रेतालाई गरेको सिफारिसको आधारमा बिक्री वितरण गर्ने गरेको उनले बताए । स्थानीय तहले विगतको बिक्री, खेती योग्य भूमिको बाली सघनताका आधारमा कोटा निर्धारण गरेर सिफारिस गर्नुपर्ने प्रावधान रहेको उनले बताए । 

धान खेतीका लागि प्रदेशमा अनुमानित करिब ३० हजार टन रासायनिक मलको आवश्यकता हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले इलाम, बिर्तामोड, सुनसरीको इटहरी, धनकुटा, गाईघाट, विराटनगरसहित मधेस प्रदेशको राजविराज, 
लाहानसहित ६ स्थानमा रहेको कम्पनीको कार्यालयले ८ सय वटा सहकारी मार्फत रासायनिक मल किसानलाई बिक्री वितरण गरिँदै आएको बताइएको छ । सरकारले ०५५ सालदेखि किसानलाई मलमा अनुदान दिँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.