बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
सुन्नुहोस्

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब साढे ५ बजे धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुप प्र ०४ ००१ ज १३७२ नम्बरको जीप बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना भएको हो। 

डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जीप सवार अन्य ६ घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीय भागरती खत्री उनकी २ वर्षकी छोरी  एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीय कलमा धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए । 

राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्धारमा खटिएका थिए । जीप सडकबाट करिब १०० मिटर तल भीरमा थामिएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.