कुहिएको अवस्थामा महिलाको शव फेला

कुहिएको अवस्थामा महिलाको शव फेला
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगामा कुहिएको अवस्थामा शनिबार अपरान्ह महिलाको शव फेला परेको छ।

किरा परेको र सडेर दुर्गन्धित भएको अवस्थामा दिउँसो ४ बजेतिर शव भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शव फेला परेको हो।

दुर्गन्ध फैलिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका थिए। त्यसलगत्तै अनुसन्धान अधिकारीसहितको टोली लिएर मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं घटनास्थल पुगेका थिए।

‘सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो। अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेको छ। पहिचान गर्न सक्ने अवस्थामै छैन। लगाएका कपडाको आधारमा शव महिलाको हो भनेर यकिन गरिएको छ,’ डीएसपी चुँडालले भनिन्। शव भेटिएको स्थान वरपर दुर्गन्ध फैलिएको थियो।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई विराटनगरको कोशी अस्पताल लगेको छ। घटनाको अनुसन्धान अघि बढाउँदै शवको पहिचानको प्रयास भइरहेको जानकारी चुँडालले दिइन्।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.