विराटनगरबाट ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित २ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक छन्। 

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। 

ब्राउन सुगरसहित विराटनगर–१२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.