काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा आयोजित महानगरको १७औं नगरसभामा महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिन्। 

उनले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कूल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन्। 

महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कूल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजश्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको भएको उपप्रमुख डंगोलले जानकारी दिइन्।

बजेट तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा कूल बजेटको ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। 

त्यसैगरी पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको उपप्रमुख डंगोलले बताइन्। आगामी आर्थिक वर्षमा फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरूलाई समेत उच्च प्राथामिकतामा राखिएको उनले जानकारी दिइन्।

त्यसैगरी काठमाडौं महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठ, मन्दिर, पोखरी, हिटीलगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवर्द्धनमा समेत यथेष्ट बजेट व्यवस्थापन गरिएको डंगोलले बताइन्। 

त्यसैगरी करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउन पुस मसान्तसम्म कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको महानगरले जनाएको छ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनतर्फ हेर्दा कुल बजेट रु.२४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँमध्ये असार २५ गतेसम्मको कूल खर्च जम्मा १३ अरब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ रहेको महानगरले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.