क्रिकेटर लामिछानेको जन्मथलो अर्जुनचौपारीमा क्रिकेट मैदान बनाइँदै
स्याङजा : क्रिकेटर सन्दीप लामिछानेको जन्मस्थान स्याङ्जाको आरुचौरमा क्रिकेट खेलमैदान बनाउन सुरु गरिएको छ। निर्माणाधीन खेल मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ।
अर्जुनचौपारी गाउँपालिका-५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछाने र उनको क्रिकेट खेलप्रति सम्मान गर्दै सोही वडाको थाप्लेमा गाउँपालिकाले क्रिकेट खेलमैदान बनाउन सुरु गरिएको हो।
खेलमैदान निर्माणमा गाउँपालिकाको लगानी सहित स्थानीयवासीको जनश्रमदान रहेको छ। समुन्द्र सतहदेखि झण्डै २ हजार मिटर उचाइको समथर भूभागमा क्रिकेट मैदान बन्ने भएको छ। जुन यसअघि सार्वजनिक गौचरनका रूपमा प्रयोग हुँदै आएको थियो।
खेल मैदानको बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ। राष्ट्रियस्तरको खेल मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई ध्यान दिँदै निर्माण कार्यमा जुटेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !