मन्त्री गुप्ताको अडियो प्रकरण : सत्तापक्ष भन्छ- प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ, प्रतिपक्षी भन्छ- सरकारले आफ्नो औचित्य गुमाइसक्यो

मन्त्री गुप्ताको अडियो प्रकरण : सत्तापक्ष भन्छ- प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ, प्रतिपक्षी भन्छ- सरकारले आफ्नो औचित्य गुमाइसक्यो
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारको एक वर्ष समग्रमा मिश्रित रहेको बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले वर्तमान सरकारको एक वर्षमा जनताको आवश्यकता र अपेक्षा पूर्णरूपमा पुरा हुन नसके पनि केही राम्रा कुराहरू भएको बताए। 

डेलिभरी र सुशासनका क्षेत्रमा वर्तमान सरकार अझ बढी गम्भीर भएर अघि बढ्नुपर्ने उनको भनाइ छ। उनले सरकारले आफ्ना संयन्त्रलाई मजबुद गरी जनताको सेवामा ध्यान दिँदै काम गर्नुपर्नेमा जोड दिए। आगामी दिनमा प्रश्न उठ्न नदिने गरी सरकारले आफ्नो काम कारबाहीलाई अघि बढाउनुपर्ने उनले बताए। 

त्यस्तै महतले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा गहिराईमा गएर हेर्नुपर्ने बताए। पदको दुरुपयोग हुने ठाउँ राख्न नहुने भन्दै उनले यस विषयमा सत्यतथ्य बाहिर आउनुपर्नेमा जोड दिए।

त्यस्तै नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताए। उनले मन्त्री गुप्ताको अडियो सही हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताए। यस विषयमा संसदमा समेत कुरा उठेकाले सम्बन्धित मन्त्रीले समेत संसदमा आएर प्रष्ट पार्नुपर्ने उनको भनाइ छ। 

यसमा मन्त्रीहरूको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने उनको भनाइ छ। उनले सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन्। उनले संविधान संशोधन, सुशासन, विकास निर्माणलगायत सबैमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताए।

वर्तमान सरकार जनताप्रति उत्तरदायी र आफ्नो कामकारबाहीप्रति जवाफदेही समेत नदेखिएको उनले बताए। बस्नेतले वर्तमान सरकार सुशासनका लागि नभइ अनियमिताको ढाकछोप गर्नका लागि बनेकाले मन्त्रीहरूको विभिन्न प्रकरण आउनु नौलो कुरा नभएको बताए। उनले सुशासनका विषयमा सरकारबाट अपेक्षा गर्नु मुर्खता हुनेजस्तो देखिएको समेत बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.