इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते
काठमाडौं : इरानको सरकारी फार्स समाचार एजेन्सीका अनुसार गत महिना इजरायली आक्रमणमा देशका राष्ट्रपति मसूद पेजेश्कियान घाइते भएका थिए।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग नजिक रहेको फार्स समाचार एजेन्सीले राष्ट्रपति मसूद पेजेश्कियानले जुन १६ मा तेहरानको एक गोप्य भूमिगत सुविधामा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठकमा भाग लिएको उल्लेख गरेको छ।
यस क्रममा इजरायलले गोप्य भूमिगत सुविधाको प्रवेश मार्गलाई ६ वटा बमले निशाना बनाएको थियो।
रिपोर्टका अनुसार राष्ट्रपति मसूद पेजेश्कियानको खुट्टामा चोट लागेको छ।
फार्स रिपोर्ट स्वतन्त्र रूपमा प्रमाणित भएको छैन। इजरायलले अहिलेसम्म रिपोर्टमा कुनै टिप्पणी गरेको छैन।
गत हप्ता मात्र इरानका राष्ट्रपतिले इजरायलले आफूलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए। यो आरोपलाई इजरायली रक्षामन्त्री इजरायल काट्जले अस्वीकार गरेका थिए।
प्रतिक्रिया दिनुहोस !